इनोभेटिभ र न्यु भिजनको जित

इनोभेटिभ इङलिस स्कुल र न्यु भिजनले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेका छन् ।इनोभेटिभले बाल मन्दिरलाई १४–७ ले पराजित ग¥यो । विजेताकी ममता गुरुङले ७ अंक जोडिन् । लक्ष्मी श्रेष्ठको १० अंक सहयोगमा डिफेन्डिङ च्याम्पियन न्यु भिजनले युनिभर्सललाई २०–१४ ले हरायो । सिनियर गल्र्समै रिलायन्सले स्वप्न वाटिकालाई १९–८ ले पन्छायो । रिलायन्सकी रिना भण्डारीले १२ अंक बटुलिन् ।
सिनियर ब्वाइजमा ज्ञाननिकेतन, डिफेन्डिङ च्याम्पियन नेरिक र टेरेसा एकेडेमी विजयी भए ।ज्ञाननिकेतनले न्यु लिरालाई ३३–२० ले पराजित ग¥यो । ज्ञाननिकेतनका सामिम प्रधानले ८ अंक बटुले । नेरिक हर्टल्यान्ड विरुद्धको खेलमा ४०–१८ ले विजयी भयो । नेरिकका अंकित भण्डारीले १५ अंक जोडे । टेरेसाले ग्यालेक्सी पब्लिक स्कुललाई ३२–२३ ले पाखा लगायो । टेरेसाका विष्णु गौतमले ९ स्कोर गरे ।
जुनियर ब्वाइजमा टेरेसा, ग्रिनफिल्ड र हर्टल्यान्डले सफलता आत्मासात् गरे ।
टेरेसाले हाइली क्रिएटिभलाई ७–४ ले हरायो । टेरेसाका गोरे तामाङले ५ अंक जोडे । उमेशको ४ अंक सहयोगमा ग्रिनफिल्डले एनसीसीएसलाई १३–६ ले पराजित ग¥यो । स्टेनियर विरुद्धको खेलमा हर्टल्यान्ड ८–७ को झीनो अन्तरले विजयी भयो । विजेताका यसु नेपालले ३ अंक जोडे ।

Comment