लोयल्टीको खेलकुद सप्ताह सुरु

loyalitye
लोयल्टी एकेडेमीको खेलकुद सप्ताह मंगलबारदेखि सुरु भएको छ । शिक्षाका अलावा विद्यार्थीलाई अत्तिरिक्त क्रियाकलापमा पनि रुची जगाउने उद्देश्यले सुरु गरिएको खेलकुद सप्ताहमा एथलेटिक्स, फुटबल, बास्केटबल, टेबलटेनिस, टग अफ वारलगायत १५ खेल समावेश गरिएको संयोजक वीरेन्द्र लिम्बूले जनाएका छन् ।नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई विभिन्न ४ भागमा वर्गीकरण गरी आन्तरिक प्रतिस्पर्धा गराइएको छ । नर्सरीदेखि कक्षा ३ सम्म प्रि ग्रुप, कक्षा ४ देखि ५ सम्म जुनियर ग्रुप, कक्षा ६ देखि ७ सम्म इन्टर ग्रुप तथा कक्षा ८ देखि ९ सम्म सिनियर ग्रुपमा विभाजन गरिएको छ ।
पहिलो दिन इन्टर ग्रुपको छात्रातर्फ १ सय मिटर दौडमा रेड हाउसकी स्वस्तिका महतरा पहिलो भइन् । इन्टर ग्रुपकै छात्रा हाइजम्पमा येल्लो हाउसकी नम्रता श्रेष्ठले स्वर्ण जितिन् ।खेलकुद सप्ताहको डोल्पाका जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । उनले खेलकुदको मेरुदण्ड विद्यालय भएकोले विद्यालयहरुले खेलकुदमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रम लोयल्टी एकेडेमीका संस्थापक अध्यक्ष विजय सम्बाहाङफेको सभापतित्वमा भएको थियो ।

Comment