मनोज र उपेन पहिलो

bhanubhakta101
भानुभक्तका मनोज थापा र ग्यालेक्सिका उपेन पराजुलीले टेवल टेनिसको उमेर समूहतर्फ सोमबार स्वर्ण जितेका छन् । भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्तरर्गत टेबल टेनिसतर्फको यू–१२ मा मनोजले आईडियल मोडलका सफल राज जोशीमाथी ११–९ र ११–६ को सहज जित निकालेका थिए । यू–१२ तर्फ ग्लोबल पाठशालाका आसुतोश न्युरे र आयोजक भानुभक्तका मिलन लामाले संयुक्त रुपमा कास्य जिते ।
पानीपोखरी स्थित भानुभक्त स्कुलको स्वर्ण जयन्तीको अवसरमा संचालन भएको ब्वाईज यु–१४ तर्फ उपेनले अक्सिडेन्टलका सुमित गेलाललाई फाईनलमा ११–५,११–७,८–११ र ११–७ ले हराए । सोहि समूहमा अक्सिडेन्टलका बरादन खनाल र आईडल मोडलका सुजन राई सयुक्त रुपमा तेश्रो भए ।

Comment