ज्ञाननिकेतन र डेनेब विजयी

deneb101
ज्ञाननिकेतन र आयोजक डेनेब एकेडेमीले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।ज्ञाननिकेतनले ग्यालेक्सी पब्लिक स्कुललाई ३४–२८ ले पराजित ग¥यो । विजेताका जैसलले १२ अंक जोडे । राजकुमार बोहराको १३ अंक सहयोगमा डेनेबले नोब्सले ३९–२३ ले हरायो । न्युटनले हाइली क्रिएटिभलाई १८–६ ले पन्छायो । न्युटनका सोनिकले ६ अंक जोडे ।
सिनियर गल्र्समा डिफेन्डिङ च्याम्पियन न्यु भिजनले आयोजक डेनेबलाई १८–९ ले निराश पा¥यो । विजेताकी लक्ष्मी श्रेष्ठले ११ स्कोर गरिन् । रिलायन्सले बाल मन्दिरलाई २४–१२ ले हरायो । रिलायन्सकी रिना भण्डारीले ११ अंक बटुलिन् ।
जुनियर ब्वाइजमा नेरिकले हाइली क्रिएटिभको चुनौती २८–१० ले समाप्त पा¥यो । नेरिकका अशिम भण्डारीले १४ स्कोर गरे ।

Comment