आयोजक भानुभक्त च्याम्पियन

bhanubhakta1
भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको सप्ताहिक खेलकुद मोहत्सव अन्तरर्गत करातेको कातातर्फ आयोजक भानुभक्त स्कुल आईतवार टिम च्याम्पियन बनेको छ । आयोजकले ३ स्वर्ण २ रजत र १ कास्य जित्दै उपाधि जितेकोे हो ।
पानीपोखरी स्थित भानुभक्त स्कुलको स्वर्ण जयन्तीको अवसरमा समावेश गरिएको करातेको सिनियर ब्वाईजको एकल काताको फाईनलमा भानुभक्तका बिशांक रानामगरले जिलेटका सागर कार्कीलाई ४–० ले हराए । आयोजकका संदिप श्रेष्ठ तेश्रो भए । जुनियर ब्वाइजतर्फ अक्सि डेन्टल स्कुलका देवेन्द्र मगरले आयोजकका मनिस खत्रीलाई ४–० कै अन्तरमा हराए । जिलेटका याम बहादुर चन्द तेश्रो भए ।
सिनियर गल्र्सतर्फ आयोजककै सुलोभिका अधिकारी प्रथम तथा भानुभक्तकै लुधिमा तुलाधारले दोश्रो स्थान हात पारिन् । जिलेट स्कुलकी मुना लामाले तेश्रो स्थानमा चित्त बुझाइन् । यस्तै टिम काँता तर्फ आयोजक भानुभक्त मेमोरियल कलेज प्रथम भए । जिलेट स्कुल दोश्रो तथा ग्लोवल पाठशालाले तेश्रो स्थान हात पारे । विद्यालयका प्रशिक्षक रविन कुमार पोखरेलका अनुसार स्वर्ण महोत्सब अन्र्तगत सोमबार र मंगलबार विद्यालय स्तरीय उमेर समूहका खुल्ला टेवल टेनिस प्रतियोगिता हुनेछ । जसमा सिंगलतर्फ ब्वाईज–गल्र्स यू–१४ र यू–१६ तथा यू–१२ ब्वाईज गरि ५ स्पर्धा समावेश गरिएको छ ।

Comment