डेनेब र नेरिकको दोहोरो जित

deneb1
आयोजक डेनेब एकेडेमी र नेरिक एकेडेमीले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेका छन् । दुवैले सिनियर र जुनियर ब्वाइजमा विजयी सुरुआत गरे ।सिनियर ब्वाइजमा डेनेबले ग्रेफोर्टलाई ४०–१९ ले पराजित ग¥यो । डेनेबका सागर कट्वालले १३ स्कोर गरे । जुनियरमा डेनेबले अनुपमलाई २६–१३ ले हरायो । डेनेबको जितमा प्रेम थापाले ९ अंक जोडे ।
सिनियरमा नेरिकले स्वप्नवाटिकालाई ३२–२३ ले पन्छायो । नेकिरकका मनोज खत्रीले ९ स्कोर गरे । जुनियरमा साजनको ६ अंक सहयोगमा नेरिकले टेरेसा एकेडेमीलाई १७–३ ले निराश पा¥यो ।
सिनियर ब्वाइजको अन्य खेलमा काठमाडौं जेभियरले हाइली क्रिएटिभलाई ३६–९ तथा टेरेसाले ज्ञाननिकेतनलाई ६३–२७ ले पराजित गरे । विजेता जेभियरका सविन मगरले १२ तथा टेरेसाका दीपेशले १८ अंक बटुले ।सिनियर गल्र्समा स्वप्नवाटिकाले बाल मन्दिरलाई १५–२ ले हरायो । विजेताकी विमलाले ८ अंक जोडिन् ।
प्रतियोगिताको आयोजक डेनेबका प्रिन्सिपल डिआर पाण्डेले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । माघ १० गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १४ र गल्र्समा ७ तथा जुनियर ब्वाइजमा १२ टिम सहभागी छन् ।

Comment