सुदेश र राजनको विजयी सुरुआत

मुनाल क्लबका सुदेश लामा र राजन महतको जोडीले प्रथम नगरस्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेका छन् ।मदन भण्डारी स्पोर्ट्स एकेडेमी र चन्द्रागिरी नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको उद्घाटन खेलमा उक्त जोडीले महादेवस्थानका प्रमोद महर्जन र महेश सिंहको जोडीलाई २६–२४ र २१–१४ को सोझो सेटमा पराजित गरे ।
प्रतियोगिताको अर्थ राज्यमन्त्री दामोदर भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरे । नयाँ नैकापमामाघ ९ गतेसम्म चल्ने प्रतियोगितामा ३२ जोडी सहभागी छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Comment