भानुभक्त खेलकुद मोहत्सव शुरु

bhanubhakta12भानुभक्त मेमोरीयल उच्च माध्यामिक बिद्यालयको सप्ताहिक खेलकुद मोहत्सव अन्तरर्गत ६ किलो मिटर खुला दौड प्रतियोगितामा निरंजन कार्कीले पहिलो स्थान हात पारेका छन् । पानीपोखरी स्थित भानुभक्त स्कुलको स्वर्ण जयन्तीको अवसरमा शनिवार आयोजित खुला दौडमा पवन भट्राई दोश्रो र हिमान्सु महर्जन तेश्रो भए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवंम नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा र सागका किर्तिमानी धावक बैकुन्ठ मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो अवसरमा बिद्यालय संचालक समितिका अध्यक्ष प्रेमवहादुर श्रेष्ठ रंजित, प्रधानमध्यापक प्रेम प्रसाद कडेँललगायतको उपस्थिति रहेको थियो । सप्ताहब्यापी खेल मोहत्सवमा अन्तर बिद्यालय बास्केटबल,टेवल टेनिस र कराँते खेल समावेस गरिएको छ । बास्केटबलमा यू–१४ ब्वाईज–गल्स तथा यू–१६ ब्वाईजका ३ स्पर्धा रहेका छन् । टेवल टेनिसमा सिंगलतर्फ ब्वाईज–गल्स यू–१४ र यू–१६ तथा यू–१२ ब्वाईज गरि ५ स्पर्धा समावेश गरिएको छ । त्यस्तै कराँतेमा जुनियरतर्फ ब्वाईज तथा गल्समा एकल काता र सिनियरतर्फ ब्वाईजको एकल काता गरि ३ स्पर्धामा खेल खेलाईने छ । स्वर्ण महोत्सवको अवसरलाई भब्य बनाउन बिद्यालयकै कक्षागत बिद्यार्थीहरुबीच आईतवार क्रिकेट तथा सोमवार फुटवल प्रतियोगिता सञ्चालन हुने छन् । मोहत्सव माघ ९ गते सम्पन्न चल्ने छ ।

Comment