सागमा सहभागी हुन नेपाललाई आमन्त्रण

छिमेकी राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुद (साग) को लागि भारतले नेपालाई औपचारिक आमन्त्रण गरेको छ ।sag kheshav1भारतिय लोकसभाका सदस्य भिसेन्ट एच पालाले शुक्रबार युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डललाई मन्त्रालयमा भेट गरि सागमा सहभागिताको लागि निमन्त्रणा दिएका छन् ।
पालाको को नेतृत्वमा नेपाल आएको १२औं दक्षिण एशियाली खेलकुद आयोजकको टोलीले सहभागीता तथा सफलताको लागि नेपाललाई अध्याधिक मात्रामा नेपाली टोलीलाई सहभागी गराउन अनुरोध समेत गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित डिईसिसीको हलमा आयोजित पत्रकार सम्मेलनमा टोलीले १२ औ दक्षिण एशियाली खेलकुद तयारी अन्तिम अवस्थामा रहेको र तयारी, व्यवस्थापन र खेल पूर्वाधार, भुगोल, विभिन्न राष्ट्रको टोलीको सहभागिता लगायतको बारेमा जानकारी गराएका थिए ।
प्रत्येक दुई बर्षमा आयोजना हुने खेलकुद आयोजक राष्ट्र भारतको आन्तरिक कारणले गर्दा ५ बर्ष पछि आयोजना हुन लागेको हो ।
उक्त पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव एवं १२ औं दक्षिण एशियाली खेलकुदका सेभ द मिसन केशव कुमार बिष्टले खेल कुटनीतिको माध्यमले दुई देश विचको सम्वन्धलाई प्रगाढ बनाउने बताए । उनले मेडलका लागि मात्र नभई दक्षिण एशियाको नियमित कार्यक्रम भएकोले यसलाई सफल पार्नु नेपालको पनि उत्तिकै दायित्व भएकोले त्यसको लागि नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पाले सागमा नेपालको सहभागित निश्चित भएको भन्दै अन्य कारणले यसलाई नबिथोल्ने भन्दै खेल माध्यमले दुई देशविचमा भाईचाराको विकास गर्ने बिश्वास ब्यक्त गरे । उनले भारतिय पक्षबाट पनि नेपाली विभिन्न खेललाई भारतको विभिन्न स्थानमा प्रशिक्षणको ब्यवस्था गरेर नेपाललाई सहयोग गरेकोमा धन्यवाद दिए ।शुक्रबारै प्रतिनिधी मन्डलले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठलाई ओलम्कि मुख्यालय सातदोबाटोमा भेट गरेका थिए ।

Comment