मोर्डन पेन्टाथलनको पहिलो सेमिनार

pentatholone
मोर्डन पेन्टाथलन महासंघले नेपालमै पहिलो पटक आयोजना गरेको मोर्डन पेन्टाथलन कोचेस एन्ड एथलिट सेमिनार सातदोबाटोमा बिहीबार सम्पन्न भएको छ ।तीनदिने सेमिनारमा १४ खेलाडी र ९ प्रशिक्षक सहभागी थिए । सहभागीहरुलाई युनियन इन्टरनेसनल डि पेन्टाथलन मोर्डन (युआईपीएम) अन्तर्गत प्राविधिक समितिका सदस्य कार्लो पासियाटोरेले प्रशिक्षण दिएका थिए । मोर्डन पेन्टाथलनमा फेन्सिङ, पौडी, घोडचढी, सुटिङ र दौड स्पर्धा समावेश छन् ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।सो अवसरमा आयोजक महासंघका अध्यक्ष समेत रहेका राखेप सदस्य राजेन्द्र श्रेष्ठ (राजु) र महासचिव यादव बस्नेतले कार्लोलाई मायाको चिनो प्रदान गरेका थिए ।
मोर्डन पेन्टाथलनमा राजु दर्शन, यादव बस्नेत र भगवती विष्टले अन्तर्राष्ट्रिय जजेस कोर्स उत्तीर्ण गरेका छन् ।

Comment