संब्रिदी र युनिक उत्कृष्ट

संब्रिदी राई र युनिक लिम्बु ग्लोबल पाठशाला स्पोट्र्स मिटमा उत्कृष्ट खेलाडि चुनिएका छन् । कौशलटार स्थित ग्लोबल पाठशाला स्कुलले आयोजना गरको ३ दिने खेलकुद प्रतियोगितामा गल्सतर्फ संब्रिदी र ब्वाईजतर्फ युनिकले उत्कृष्ट खेलाडिको उपाधि जितेका हुन् । संब्रिदीले लङजम्पतर्फ स्वर्ण ल्याएकी थिईन भने कप्तानको रुपबाट क्रिकेट,फुटबल र कबड्डीमा टिमलाई स्वर्ण जिताउदा महत्वपूर्ण भूमिका निभाएकी थिईन् । त्यस्तै युनिकले ब्यक्तिगत ४ स्वर्ण तथा टिममा ३ स्वर्ण गरि ७ स्वर्ण हात पारेका थिए । उनले १ सय मिटर दौड,टेबलटेनिस सिंगल,ब्याडमिन्टन सिंगल,लङजम्पमा स्वर्ण जितेका थिए भने क्रिकेट,फुटबल र कबड्डीमा कप्तानको भूमिकामा टिमलाई स्वर्ण दिलाएका थिए । गल्सतर्फ ब्याडमिन्टन र १ सय मिटर दौडमा ममता कटुवालले स्वर्ण जितेन भने टेबलटेनिसमा करिना लिम्बु पहिलो भईन् । बिजेता खेलाडिलाई स्कुलकी प्रिन्सिपल दिला शाक्यलगायतले पुरस्कृत गरेका थिए ।

Comment