कोच एण्ड एथलेट सेमिनार शुरु

d tanab2

मोर्डेन पेन्टाथलोन फेडरेशन नेपालको आयोजनामा पहिलो पटक कोच एण्ड एथलेट सेमिनार मंगलवार देखि शुरु भएको छ । सातदोवाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा संचालन भएको सेमिनारको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले उद्घाटन गरे । अध्यक्ष श्रेष्ठले ५ खेलको संयोगबाट प्रतिस्पर्धा गर्नु पर्ने भएकाले धेरै कुराको संयोजन गर्नु पर्ने बताए । उनले पेन्टाथलोन ट्रायथलन जस्तै मेडल सम्भावनको खेल भएकाले यसमा अवसर र चुनौती दुवै रहेको धारण ब्यक्त गरे । सो अवसर संघका अध्यक्ष एवंम राखेप सदस्य राजेन्द्र श्रेष्ठ(राजु),सदस्य सकुन्तोला नगरकोटी लगायतको उपास्थिति रहेको थियो । तीन दिने सेमिनारको इटलियन कार्लो प्यासियोतोरेले संचालन गर्ने छन् । कार्लोले सन् १९६८ को ओलम्पियन हुन् । ७१ बर्षिय कार्लोले बिभिन्न भूमिकामा ५५ बर्ष पेन्टाथलोनमा बिताई सकेका छन् । सेमिनारमा आर्मी, पुलिस र एपीएफका १२ जना कोच र १३ जना खेलाडिले सहभागिता जनाएका छन् पेन्टाथलोन रनिङ, सुटिङ, स्विमिङ, फेन्सिङ र हर्ष राईडिङको संयोगबाट खेलिने खेल हो ।

Comment