सदस्य–सचिव विष्ट गुवाहटीतर्फ

ste
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट आइतबार भारतको गुवाहटी प्रस्थान गरेका छन् ।
भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गरी गुवाहटीमा हुने सेभ दि मिसनको सेमिनारमा भाग लिन सदस्य–सचिव विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् । सेमिनार जनवरी ११–१३ तारिखसम्म चल्ने छ ।
भारतको बाग्दोगडाबाट हवाइ मार्ग हुँदै गुवाहटी प्रस्थान गरेका सदस्य–सचिव विष्टले साग आयोजनास्थल गुवाहटी र सिलोङको पूर्वाधारको समेत अवलोकन गर्ने कार्यक्रम छ ।
उनको अनुपस्थितिमा राखेपका सदस्य गंगाबहादुर थापाले निमित्त सदस्य–सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

Comment