साग बास्केटबल टोली बैंकक जाँदै

basketballeवैदेशिक प्रशिक्षणका लागि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली बास्केटबल टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएको छ । पुरुष÷महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष÷महिला खेलाडी संख्या समान १२–१२ रहेको छ ।पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, सागर थापा, सुशील गुरुङ, सदीश प्रधान, गगनबहादुर महतारा, मविन्द्र भण्डारी, विनोद महर्जन, राजिव जोशी, सोनाम लामा, अशिम श्रेष्ठ तथा विक्रम जोशी रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी, सहायक प्रशिक्षकमा विकु महर्जन र व्यवस्थापकमा विनोद श्रेष्ठ छन् ।
त्यस्तै महिलामा सदिना श्रेष्ठ, प्रीति तुलाचन, स्नेहा श्रेष्ठ, लुनिभा सिंह, अनुषा मल्ल, ज्ञानु गौचन, एलिना गुरुङ, भावना लामा, सुजाता राई, माया स्याङ्तान, श्रेया खड्का तथा एलिसा मल्ल छन् । प्रशिक्षकमा विकास शाही र सहायक प्रशिक्षकमा निराजन सत्याल रहेका छन् ।टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं एनओसीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रम सातदोबाटोस्थित एनओसी मुख्यालयमा बिदाइ गरे । प्रशिक्षक शाहीका अनुसार टोली करिब १ महिना बैंककमा रहने छ ।

Comment