कबड्डीलाई एकेडेमीको ज्याकेट

kabaddie
भारतमा हुने १२ दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने कबड्डीको पुरुष÷महिला टोलीलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार ज्याकेट प्रदान गरेको छ ।समान १२–१२ पुरुष÷महिला गरी २४ खेलाडीलाई एकेडेमीका अध्यक्ष एवं सांसद विनोद श्रेष्ठले ज्याकेट प्रदान गरे ।
टोली थप तयारीका लागि भारतको दिल्ली वा कोलकाता जाने बलिया सम्भावना रहेको कबड्डी प्रशिक्षक विमल पोखरेलले जनाएका छन् ।
सागमा कबड्डीको प्रतिस्पर्धा दोश्रो संस्करणदेखि सुरुआत भएको थियो । दोश्रोदेखि ९ औं संस्करणसम्म पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । पुरुष टोलीले तेश्रोमा बाहेक सबैमा सहभागिता जनाएको छ । महिला कबड्डीले पहिलो पटक १० औं संस्करणदेखि प्रवेश पाएको थियो ।प्रशिक्षक पोखरेलका अनुसार नेपाली पुरुष र महिला टोलीले हालसम्म १–१ गरी २ कांस्य जितेको छ । दुवै कांस्य ११ औं सागमा सम्भव भएको थियो ।

Comment