आर्चरी अध्यक्षमा गुरुङ निर्विरोध

archary1e
नेपाल आर्चरी संघको अध्यक्षमा दीपक गुरुङ बिहीबार निर्विरोध निर्वाचित भएका छन् । आर्चरी संघको तेश्रो अधिवेशनले अघिल्लो कार्यसमितिका महासचिव गुरुङको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन ग¥यो ।
बसन्त थकाली र कर्म गुरुङ उपाध्यक्षमा सर्वसम्मत चुनिए । सचिवको जिम्मेवारी सम्हाल्दै आएका रमेशप्रसाद सिवाकोटी महासचिवमा पदोन्नती भए । योगेन्द्र शेरचनले सचिव तथा भरतकुमार गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए ।
किशोरकुमार गुरुङ, झवलिङ गुरुङ, विनोदकुमार श्रेष्ठ, देवराज पाण्डे, नरेन्द्र डंगोल, कृष्णामाया स्याङ्तान तथा महेन्द्र ताङवे गुरुङ सदस्यमा चयन भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरण गर्नुका साथै शपथ खुवाए । त्यसअघि साधारणसभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
उद्घाटनका अवसरमा आर्चरी संघले आर्चरी खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत किशोरकुमार गुरुङ (केके) र पूर्व प्रहरी अत्तिरिक्त महानिरीक्षक रामकाजी बान्तवालाई सम्मान गरेको थियो । अध्यक्ष श्रेष्ठले उनीहरुलाई सम्मान पत्र प्रदान गरे ।

Comment