सदस्य–सचिव विष्ट सम्मानित

Manoj Shiama
6 January, 2016 7:05 pm

yuwa sanga1
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई केन्द्रीय खेलकुद विभाग, युवा संघ नेपालले बुधबार सम्मान गर्नुका साथै बधाइ ज्ञापन गरेको छ । विभागका प्रमुख बेग बहादुर पाण्डे लगायतका पदाधिकारीले सदस्य–सचिवविष्टलाई प्रशंसा पत्रप्रदान गरी सम्मान गरेका थिए ।
‘नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं युवा संघ नेपालका पूर्व सचिवालय सदस्य केशव कुमार विष्ट परिषद्को सदस्य–सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा बधाइ ज्ञापन गर्दै सफलकार्यकालको शुभकामना व्यक्त गर्दछौं’ सम्मानपत्रमा भनिएको छ ।
सदस्य–सचिवविष्टले आफूले १६ वर्ष काम गरेको संस्थाबाट सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।