साग ह्यान्डबल टोली पोखरा प्रस्थान

sag handballe
भारतमा हुने १२ औं दक्षिणएसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा सहभागी हुने टोली बुधबार पोखरा प्रस्थान गरेको छ । बन्द प्रशिक्षणका लागि २८ खेलाडी सहितको टोली पोखरा गएको हो । त्यसअघि टोली उपत्यकामै प्रशिक्षणरत थियो ।
पुरुष÷महिलाको खेलाडी संख्या समान १४–१४ रहेको छ । ह्यान्डबल सागमा ११ औं संस्करणदेखि समावेश भएको थियो । त्यसबेला पुरुषतर्फ मात्रप्रतिस्पर्धा भएको थियो । महिलाको स्पर्धा पहिलो पटक थपिएको हो ।
टोली वैदेशिक प्रशिक्षणका लागि भारतको पटियाला जाने कुरा भइरहेको ह्यान्डबल मुख्य प्रशिक्षक अरुणलाल कर्णले जनाएका छन् । ‘हामीले पटियालामा पत्र पठाएका छौं । त्यहाँबाट पत्रको जवाफ आएपछि जाने÷नजाने विषयमा टुंगो लाग्नेछ ।’ कर्णले भने– ‘नजाने भइयो भने हामी पोखरामै एक महिनासम्म प्रशिक्षण गर्ने छौं ।’
मुख्य प्रशिक्षक कर्णले फ्रान्सबाट विदेशी प्रशिक्षक लरेन्टबाउड जनवरी १६ तारिखमा आउने जानकारी गराए । कर्णका अनुसार पटियालामा प्रशिक्षणको व्यवस्था मिलेको बाउडदिल्लीबाटै पटियाला जाने छन् । नमिलेको खण्डमा बाउड नेपाल आउने छन् । पुरुष टोलीले रंगशाला र महिला टोलीले एपीएफमा प्रशिक्षण गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment