क्योकुसीन टोली भारत तर्फ

bado kaidoeभारतको क्योकुसीनकाइ कान कराते महासंघको निमन्त्रणामा अल इन्डिया ओपन अन्तराष्ट्रिय क्योकुसीन कराते च्याम्पियनसीपमा नेपाल क्योकुसीन बुदोकाइ कराते संघका खेलाडी तथा प्रशिक्षकको सहभागिता रहने भएको छ । त्यस तर्फ प्रश्थान गर्नु अघि बुदोकाइका प्रमुख प्रशिक्षक राजेन्द्र सुबेदीले विदाइ गरे । विदाइ कार्यक्रममा संघका कोशाध्यक्ष राज श्रेष्ठ, धन बहादुर तामाङ्ग र राज कुमार लामा तथा प्रशिक्षक ओमराज पुन र मृगेन्द्र मर्हजनको पनि उपश्थिती थियो । प्रतियोगिता ८ देखि १० जनवरीमा कोलकाताको रानीगञ्जमा हुदै छ । टिम मेनेजर मो ओएगर राना र निर्णायक मिन बहादुर गुरुङ्ग छन् । २२ खेलाडी समाबेश टोलीका प्रशिक्षक बैजनाथ यादव छन् ।

Comment