हक्की टोलीको घोषणा

hockeye
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने हक्की टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२०  पुरुष÷महिला टाृलीछनोट गरिएको हो । हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत, दीपेन्द्र ऐर, सत्य नारायण चौधरी, अमित श्रीवास्तव, रोशन चौधरी, राम शाह, प्रदीप राजवंशी, श्यामुअल राई, देवसिंह धामी, मदनपन्त र राम ढुंगाना, मध्यमाञ्चलका दिनेश सिंह, रोशन कुमार क्षेत्री, गोविन्द अधिकारी, अंकित पाठक र सुरज घर्ती, पूर्वाञ्चलका सुन्नीराम हेमरम,कञ्चन्पुरका किशोर ओझा र गणेश साह तथा नेपाल प्रहरीका केशव जोशी रहेका छन् ।
महिलामा सेनाका चन्द्र कुमारी कुशवार, टंककुमारी खपांगी, होम दंगाल, सरिता मेचे, रजनीकुमारी गुरुङ, कुश्मा राना मगर र सीतामाया बल तथा कञ्चनपुरका ज्योति मल्ल, भागीरति विष्ट, विमला भट्ट, तुलसी डंगोरा, सीमा चौधरी, रेखा भट्ट,सिल्पा डंगोरा, अन्जु डंगोरा, कमला चन्द, तारा मल्ल, विन्दु रावल, निरा औझी र निलम जोशी छन् ।

Comment