एन्फालाई भुकम्प पीडितका खेल समाग्री हस्तान्तरण

anfa conferencet
विश्व फुटबल महासंघ (फिफा)बाट नेपालको भुकम्प पीडितका लागि प्राप्त विभिन्न २९ खेल सामग्री अखिल नेपाल फुटबल संघ(एन्फा)लाई हस्तान्तरण गरिएको छ ।एन्फाले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै फिफाबाट उपलब्ध भएका खेल सामग्री फिफाको विकास अधिकृत शाहजी प्रभाकरबाट १ लाख बराबरको खेल सामग्री एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । खेल सामग्रीहरु १२ र २९ वैशाखमा  गएको विनाशकारी भुकम्पका कारण अत्यन्तै प्रभावित भएका १४ जिल्लाका साथै एन्फासँग आवद्व नभएका जिल्लाका स्कुलहरुमा पनि वितरण गरिने एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । सोही कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले ३ देखि ६ महिनाको बीचमा एन्फाको साधरण सभा गराई एन्फाको ग्रासरुट, रेफ्री कोर्स र प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने बताए ।
फिफाका विकास अधिकृत शाहजी प्रभाकरले नेपालको विषम परिस्थितिमा सहयोग गरेको बताउदै च्यासल मैदानको लागि ६ लाख अमेरिकी डलर जम्मा भइरहेको र त्रिपुरेश्वरमा रहेको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला मर्मतको लागि २ लाख ५० हजार अमेरिकी डलर दिने तयारी भइरहेको बताए ।

Comment