स्क्वास खेलाडीको प्रारम्भिक छनोट

sqaush winnere
नेपाल स्क्वास ¥याकेट्स संघले भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि समान ८–८ पुरुष÷महिला खेलाडीको प्रारम्भिक छनोट गरेको छ ।    सिभिल बैंक खुला स्क्वासको पुरुष÷महिला सिंगल्समा क्वाटरफाइनल पुग्ने खेलाडीको प्रारम्भिक छनोट गरिएको हो ।  पुरुषमा हीराबहादुर थापा, प्रवीणवीरसिंह कंशाकार, अमृत थापा मगर, अरहान्तकेशर सिंह, सुरोज श्रेष्ठ, सुजन जुवार्चन, नैन मगर र दिलिप अधिकारी छानिए । महिलामा भावना सुनुवार, कृष्णा थापा, सपना ब्लोन, विपना ब्लोन, मुस्कान राउत, रुपा थापा, रमा थापा मगर र साक्षी सुनुवार छनोट भए ।
अन्तिममा ४–४ पुरुष÷महिला खेलाडी सागका लागि छनोट हुने छन् । केहि दिनपछि ८–८ खेलाडीलाई राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गराइ शीर्ष ४–४ पुरुष÷महिला खेलाडीको अन्तिम छनोट गरिने संघले जनाएको छ ।

Comment