स्क्वासमा हीरा र भावना च्याम्पियन

squashe
हीराबहादुर थापा र भावना सुनुवार तेश्रो सिभिल बैंक खुला स्क्वास प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा हीरा र महिलामा भावना पहिलो भए ।सातदोबाटोमा भएको पुरुष फाइनलमा हीराले प्रवीणवीरसिंह कंशाकारलाई ११–९, ११–४, ८–११ र ११–९ ले पराजित गरे । महिलाको फाइनलमा भावनाले कृष्णा थापालाई ११–८, १३–११ र ११–५ ले हराइन् ।
जुनियर पुरुषको यु–१७ सिंगल्समा अमिर ब्लोन पहिलो भए । उनले फाइनलमा दीपक थापालाई ८–११, ८–११, १५–१३, १४–१२ र ११–८ ले पन्छाए ।
नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगताको मास्टर्स ५० वर्षमाथिको उपाधि किशोर महर्जनले जिते । उनले फाइनलमा लालबहादुर गुरुङलाई ९–११, ११–६, ११–५ र ११–८ ले हराए ।बुधबारदेखि सुरु प्रतियोगितामा विभिन्न ४ स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सिभिल बैंकका सिइओ किशोर महर्जनले प्रतियोगितालाई पछि पनि प्रायोजन गर्दै लाने प्रतिबद्धता जनाए ।

 

Comment