आयोजक भ्याली र एचएचसीएका दुवै टिम उपाधि नजिक

valley publicthursdaye
दशौँ भ्यालीपब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा आयोजक भ्यालीपब्लिक र एचएचसीएका ब्वाईज तथा गल्र्सका दुवै टिम   फाईनलमा प्रवेश गरेका छन् । बिहिबार भएको ब्वाईजतर्फको सेमिफाइनलमा आयोजक भ्यालीले भद्रकालीमाथी ३८–३३ को रोमान्चक जित निकाल्यो । भ्याली ५ अंकले पछि परेको अवस्थामा तेश्रो क्वाटरको अन्त्यमा राहुल बिकले लगातार दुई पटक थ्री पईन्ट लगाउदै ६ अंक जोडे पछि खेल भ्यालीतर्फ मोडिएको थियो । चौथो क्वाटरमा प्रवेश गर्दा भ्यालीले १ अंकको अग्रता लिएको थियो ।  चौथो क्वाटरको २ र ४ मिनेटमा महत्वपूर्ण खेलाडिद्धय कमल बिक र बिनोद नेपालीलाई ५ फल खेलेका कारण गुमाए पनि भ्याली ५ अंकको जित निकाल्न सफल भयो । भ्यालीको जितमा बिक्रम बानियाले सर्वाधिक १४ स्कोर गरेका थिए । ब्वाईजतर्फको अर्को सेमिफाईनल खेलमा एचएचसीएले ग्रिनल्याण्डलाई ३७–२९ ले हराउदा राजकुमार राईले पनि १४ स्कोरको योगदान दिएका थिए ।
भ्याली कप अन्र्तरगत नै गल्सतर्फ आयोजक भ्यालीपब्लिक र एचएचसीए उपाधिका लागि प्रतिस्पर्धा गर्ने पक्का भएको छ । सुन्दरबस्ती स्थित आयोजकको कोर्टमा भएको गल्सतर्फको सेमिफाईनलमा आयोजक भ्यालीपब्लिक र एचएचसीएले  जित निकालेका हुन् । पहिलो खेलम भ्यालीले इनोभेटिभलाई ४३–१७ ले हराउदा रोशनी श्रेष्ठले सर्वाधिक १६ स्कोर गरिन् । मिङ्मा शेर्पाको महत्वपूर्ण ११ स्कोरको मद्दतमा एचएचसीएले बागमतिलाई २८–१३ ले स्तब्ध पार्यो । फाईनल खेल शुक्रवार हुनेछ ।

Comment