अमृत सेमिफाइनलमा

squash thursdaye
अमृत थापा मगर तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । अमृतसंगै अरहन्तकेशर सिंह र प्रवीणवीरसिंह कंशाकार पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।अमृतले सुरोज श्रेष्ठलाई ८–११, ११–९, ११–९ र ११–४, अरहन्तले नैन मगरलाई ११–९, ११–२ र ११–६ तथा प्रवीणले सुजोन जुवारचनलाई ११–६, ७–११, ११–३ र ११–६ ले पराजित गरे ।
महिला सिंगल्समा भावना सुनवार, सपना ब्लोन, कृष्ण थापा र विपना ब्लोन सेमिफाइनलमा पुगे । जुनियर पुरुष यु–१७ सिंगल्सको सेमिफाइनल विजय मगर र अमिर ब्लोन तथा दीपक थापा र विक्रम मगरबीच हुने छ ।मास्टर्स ५० वर्षमाथि प्रेम सिंह, लालबहादुर गुरुङ, किशोर महर्जन र डा. कुलेश थापा सेमिफाइनलमा पुगे  ।

 

Comment