मल्पीलाई दोहोरो उपाधि

mulpie
डिफेन्डिङ च्याम्पियन मल्पी इन्स्टिच्यूटले पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ ।
मल्पीको ब्वाइज र गल्र्स दुवै टोली उपाधि चुम्न सफल भयो । दुवैको फाइनलमा मल्पीले रातो बंगलालाई नै पराजित ग¥यो ।
नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पीले रातो बंगलालाई ६६–४७ ले पराजित ग¥यो । विजेताका वाङगेल गुरुङले २५ अंक जोडे ।
गल्र्सको फाइनलमा मल्पीले रातो बंगलालाई २१–१६ ले हरायो । मल्पीकी सलोनी शेरचनले ६ स्कोर गरिन् ।
ब्वाइजमा मल्पीका वाङगेल गुरुङ र गल्र्समा मल्पीकी केल्साङ शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा जेम्सका प्रशन्न महर्जन तथा गल्र्समा मल्पीकी डोली तामाङले ‘स्पोर्ट्सम्यासिप स्पिरिट’ को अवार्ड जिते । ब्वाइजमा रातो बंगलाका सुलभ बतास (१५० अंक) तथा गल्र्समा रातो बंगलाकी ग्रिष्मा राजभण्डारी (४० अंक) सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई प्रोफेसनल इजुकेसन कन्सल्टेन्सीका निर्देशक राजु सिंह, एसका ए लेभल डाइरेक्टर उमङ पाण्डे तथा प्रतियोगिता संयोजक आशिष केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 

Comment