मल्पी र रातो बंगला दुई उपाधिनजिक

mulpie
मल्पी इन्स्टिच्यूट र रातो बंगला पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । मल्पी र रातो बंगालको ब्वाइज÷गल्र्स दुवै टोली फाइनलमा पुग्न सफल भए ।ब्वाइजको सेमिफाइनलमा मल्पीले बुढानीलकण्ठलाई ७९–५९ ले पराजित ग¥यो । मल्पीका वाङ्गेल गुरुङले ३५ अंक जोडे । सुलभ बतासको १८ अंक सहयोगमा रातो बंगलाले साइपाल एकेडेमीलाई ५८–४२ ले हरायो ।
गल्र्सको सेमिफाइनलमा मल्पीले ब्रिटिस मोडेल कलेजलाई ३३–२० ले पाखा लगायो । मल्पीकी केल्साङ डोल्माले १५ स्कोर गरिन् । अर्को सेमिफाइनलमा रातो बंगलाले आयोजक एसलाई २१–१० ले निराश पा¥यो । रातो बंगलाको जितमा अस्मिता भट्टले ८ अंक योगदान गरिन् ।मल्पी ब्वाइज र गल्र्स दुवैको डिफेन्डिङ च्याम्पियन हो । फाइनल बिहीबार हुने आयोजकले जनाएको छ ।

 

Comment