अरहन्तको विजयी सुरुआत

Manoj Shiama
23 December, 2015 11:17 pm

squashe
अरहन्त सिंहले तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा बुधबार विजयी सुरुआत गरेका छन् । अरहन्तले निशान्त अग्रवाललाई ११–४, ११–३ र ११–४ को सोझो सेटमा पराजित गरे । अग्रवाल वीरबहादुर नेपाली विरुद्धको खेलमा भने ३–१ ले विजयी भए ।पुरुष एकलकै अन्य खेलमा दिलिप अधिकारीले विदुर धमलालाई ३–२, किरण महर्जनले अमित बेगामीलाई ३–०, सुरज श्रेष्ठले सुगम तुल्सनलाई ३–०, मित्र गुराउले विनायक श्रेष्ठलाई ३–२ तथा सुजन जुवाचेनले मनीषलाई ३–० र राजेन्द्र शाक्यलाई ३–२ ले पराजित गरे । सुरेन्द्र शाक्य, नैना मगर र विनोद शाक्यले पनि आ–आफ्नो खेल जिते ।
नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको मास्टर्स ५० वर्षमाथि किशोर महर्जन, सुवास राई, विनोदध्वज खड्का, डा. कुलेश थापा, किरण श्रेष्ठ, प्रेम सिंह र लालबहादुर गुरुङले जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।यसै प्रतियोगिताबाट १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने पुरुष÷महिला खेलाडीको प्रारम्भिक छनोट गरिने आयोजकले जनाएको छ ।