ग्रिनल्याण्ड र गोल्डेनपीक क्वाटरफाईनलमा

valley public tuesdaye
ग्रिनल्याण्ड र गोल्डेनपीक स्कुल दशौँ भ्यालीपब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । मंगलवार भएको ब्वाईजतर्फको लिग खेलमा ग्रिनल्याण्डले हिमालयलाई  ४१–२१ ले हराउदा रुपेश खड्काले १९ स्कोर गरे ।  बिकास थापाको १७ स्कोरको मद्दतमा गोल्डेनपीकले टिआईएलाई ४४–२१ ले पाखा लगाउदै अन्तिम आठमा स्थान बनायो । क्वाटर फाईनलमा गोल्डेनपीकले एचएचसीएको तथा ग्रिनल्याण्डले गण्ेश स्कुलको चुनौती  सामना गर्ने छ  । त्यस्तै ब्वाइजतर्फ केएमसीले मन्जरी स्कुललाई २५–१५ ले हराउदै क्वाटर फाइनलमा आयोजक भ्यालिपब्लिकसग भेट पक्का गरेको छ । त्यसैगरि भद्रकाली र इनोभेटिभ पनि क्वाटरफाईनलमा प्रतिस्पर्धा गर्ने ब्वाईजतर्फका अन्तिम प्रतिद्धन्द्धी भएका छन् ।
दशौँ भ्यालीपब्लिक अन्तरबिद्यालय बास्केटबल अन्तरगत गल्सतर्फ पनि क्वाटरफाईनलको समिकरण पुरा भएको छ ।  सुन्दरबस्ती स्थित आयोजकको कोर्टमा भएको अन्तिम लिग खेलमा बागमतीले टिआईएलाई  १३–५ ले हरायो । बागमतीले बिजेताको रुपमा बाबा बोडिङ स्कुलसग तथा टिआइए उपबिजेताको रुपमा आयोजक भ्यालिपब्लिक बी सग क्वाटरफाईनलमा भेट पक्का गरेका छन् । त्यस्तै आयोजक भ्यालिपब्लिक ए ले इनोभेटिभ तथा एचएचसीएले सिद्धार्थ बनस्थलीसग क्वाटर फाईनलमा प्रतिस्पर्धा गर्ने छ ।

Comment