साइपाल र मल्पी सेमिफाइनलमा

mulpy mondaye
साइपाल एकेडेमी र मल्पी इन्स्टिच्यूट पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।साइपालले ब्रिटिस मोडेल कलेजलाई ३९–२९ ले पराजित ग¥यो । साइपालको जितमा निश्चल वाइबाले १२ अंक योगदान गरे । वाङगेल गुरुङको २८ अंक सहयोगमा मल्पीले ओरियन्टलाई ७६–५७ ले हरायो ।
ब्वाइजकै अर्को लिग खेलमा नामीले आयोजक एसलाई ३०–२७ ले हरायो । नामीका फिन्जो शेर्पाले ११ अंक जोडे ।
गल्र्सतर्फ सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनल रातो बंगला र एस तथा ब्रिटिस र मल्पीबीच हुनेछ ।

Comment