भद्रकाली र भ्यालीपब्लिक क्वाटरमा

vpe
भद्रकाली र भ्यालिपब्लिकको ब्वाईज टिम दशौँ भ्याली पब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । सोमवार भएको ब्वाईजतर्फको खेलमा भद्रकालीले टिआईएलाई ३०–१९ क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो । भद्रकालीको जितमा संदिप श्रेष्ठले सर्वाधिक ११ थिए । त्यस्तै कमल बिकको सर्वाधिक १० स्कोरको सहयोगले भ्यालिले बिएनएलाई ३८–२६ ले हराउदै अन्तिम आठमा स्थान बनाएको छ । ब्वईज इनोभेटिभले बाबामाथी ६७–५३ को जित निकाल्दा भुपेन्द्र रोकाले महत्वपूर्ण ३२ स्कोर गरे । सुन्दरबस्ती स्थित आयोजकको कोर्टमा भएको गल्सतर्फको खेलमा बागमती,बाबा र टिआईएले जित निकालेका छन् । बागमतीले इडन ब्रिजलाई २८–१८ ले हराउदा बबिता शर्माले ११ स्कोरको योगदान दिएकी थिईन् । डिकी शेर्पाको १२ स्कोरको मद्दतमा बाबाले लोयल्टीलाई १८–१२ ले हरायो । त्यस्तै टिआईएले बिएनएलाई १२–७ ले हराउदा शुवेक्षा खड्काले ८ स्कोर गरिन् ।

Comment