आयोजक भ्याली पब्लिकका दुवै टिम क्वाटरमा

valley public sunday
आयोजक गल्सका दुवै टिम दशौँ भ्याली पब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको गल्सतर्फको खेलमा आयोजक एले  दोहोरो जित निकालेका पछि समूह क को बिजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको हो । पहिलो खेलमा भ्याली एले मन्जरीलाई ३९–१० ले हराउदा निलम शेर्पा र प्रतिक्षा मगरले समान ८ स्कोर गरे । अर्को खेलमा लक्ष्मी चौधरीको ११ अंकको मद्दतमा बाबालाई २६–५ ले पाखा लगाएको थियो । त्यसै गरि आयोजक बीले केएमसीलाई १६–५ ले हराउदै क्वाटर फाईनलमा स्थान बनाएको छ ।
सुन्दरबस्ती स्थित आयोजकको कोर्टमा भएको ब्वाईजतर्फको खेलमा भ्यालीपब्लिक, केएमसी र गोल्डेनपीक बिजयी भए । भ्यालीपब्लिकले गणेश स्कुललाई ४०–१० ले हराउदा बिनोद नेपालीले १२ स्कोर गरे । केएमसीले हिमालयनलाई २१–१० ले हराउदा  गोल्डेपीकले ह्वाईट ह्यावनलाई ५१–२० को फराकिलो अन्तरले हरायो ।

Comment