रातो बंगला सेमिफाइनलमा

yes basketball
रातो बंगला पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।रातो बंगलाले ब्रिटिस मोडेल कलेजलाई ३५–२५ ले पराजित ग¥यो । विजेताकी ग्रिष्मा भण्डारीले २५ अंक जोडिन् ।ब्वाइजतर्फ बुढानीलकण्ठ, साइपाल एकेडेमी, जेम्स र रातो बंगलाले सफलता हात पारे ।बुढानीलकण्ठले नामीलाई ३०–२७ ले हरायो । बुढानीलकण्ठका सयुज घलेले १३ अंक जोडे । दिवसको ११ अंक सहयोगमा साइपालले आयोजक एसलाई २९–१७ ले पन्छायो ।
त्यस्तै जेम्सले काष्ठमण्डपलाई ५७–२६ ले निराश पा¥यो । जेम्सका प्रशन्न महर्जनले २७ स्कोर गरे । ओरियन्ट विरुद्धको खेलमा रातो बंगला ५१–३० ले विजयी भयो । रातो बंगलाको जितमा सुलभ बतासले २५ अंक योगदान गरे ।

Comment