रत्नजित र सराको जोडि पहिलो

dd ghureआर्मीका रत्नजित तामाङ र सरादेबी तामाङको जोडिले तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण जितेका छन् । सगोदर दिदी भाईले मिक्स डबलमा एपीएफका बिकास श्रेष्ठ र पुजा श्रेष्ठको जोडिलाई उपाधि भिड्न्तमा २१–९ र २१–१७ को सोझो सेटमा हराएका थिए । सो समूहमा आर्मीका सुरोज महर्जन र अमिता गिरी तथा दिपेश धामी र  नङसल तामाङको जोडि संयक्त रुपमा तेश्रो भए ।
मेन्स सिगलतर्फ पनि आर्मीका रत्नजित तामाङले स्वर्ण जिते । उनले एपीएफका बिकास श्रेष्ठलाई २१–१२ र २१ १६ को सोझो सेटमा हराए । सोहि समूहमा एपीएफका साजनकृष्ण ताम्राकार र आर्मीका दिपेश धामी संयुक्त रुपमा तेश्रो भए ।    मेन्स डबलमा एपीएफका बिमल श्रेष्ठ र बिशाल प्रधानले बाजि मारे । बिमल र बिशालको जोडिले आर्मीका शम्भु श्रेष्ठ र सुरोज महर्जनको जोडिलाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरे । सो समूहमा एपीएफका जोसेफ अधिकारी र सुमन लिम्बु तथा पंकज चन्द र इन्द्र महताको जोडि संयक्त रुपमा तेश्रो भए ।
त्यसै गरि भेट्रान डबल ४५ माथी काठमाण्डौंका सुभाष श्रेष्ठ र भुमिवहादुर गुरुङको जोडिले स्वर्ण जित्यो । सुभाष र भुमिले अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीका नबिनबाबु श्रेष्ठ र श्यामवहादुर पराजुलीको जोडिसग पहिलो सेट १२–२१ ले गुमाए पनि खेलमा फर्कदै २२–२० र २१–१५ को रोमाञ्चक जित निकालेका थिए ।
प्रतियोगिता अन्तरर्गत यू–१४ को फाइनल खेलमा नेपाल पुलिस स्कुलका प्रिन्स दाहालले स्वर्ण जिते । उनले कैलालीका देवराज रानालाई २१–१४ र २१–११ को सोझो सेटमा हराएका थिए । सो समूहमा रिजन महर्जन र प्रियन्सु सिंह संयक्त रुपमा तेश्रो भए ।
त्यसैगरि लेभल बी मेन्स डबलमा ब्रदर्शका अलेक्स जङ भण्डारी र अरुण मगरको जोडि पहिलो भयो ।

Comment