आयोजक भ्यालीको तेहोरो जित

dudu bas1
आयोजकले दशौँ भ्याली पब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिताको बिहीबार भएको खेलमा तेहोरो जित निकालेको छ । गल्फुटारस्थित आयोजकको कोर्टमा भएको गल्र्स तर्फको उद्घाटन खेलमा भ्यालीले लोयल्टीलाई २९–२३ ले हराउदा लक्ष्मी चौधरी र रोशनी श्रेष्ठले समान ११ अंकको योगदान दिए । गल्र्सकै ‘बी’ टिमले बालबिकासलाई २१–११ ले पछि पार्दा सावित्री कार्की र सविना सुवेदीले समान सात अंकको योगदान दिएका थिए । त्यस्तै ब्वइज तर्फको खेलमा भ्याली पब्लिककले विल्सनलाई ३२–१० ले हराउदा कमल विकले १० स्कोर गरेका थिए ।
त्यसैगरी ब्वइजतर्फकै खेलमा ग्रीनल्याण्ड, हिमालयन र एचएचसिएले विजयी सुरुआत गरेका छन् । ग्रीनल्याण्डले केएमसीमाथि ५१–३५ को फराकिलो अन्तरले हराउदा हिमालयले मञ्जरीलाई १४–११ को सामान्य स्कोरमा रोक्यो । प्रतियोगितामा एचएचसिएले भने दोहोरो सफलता हात पारेको छ । ब्वइजतर्फ न्यू समिटलाई ४१–५ ले हराउदा गल्र्सतर्फ केएमसीलाई ३५–२८ ले रोक्न सफल भयो ।
प्रतियोगिताको उद्घाटन सञ्चालक समितिका अध्यक्ष लिलबहादुर गुरुङ र आयोजक स्कुलका प्राचार्य कुष्ण अधिकारीले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा विद्यालयका उप–प्राचार्य केशव राज अधिकारी, प्रतियोगिता संयोजक पुर्ण न्यौपाने लगायतको उपस्थिति थियो । पौष १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ समान १६ टिमको सहभागिता रहेको छ ।
सहभागी टिमलाई चार समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ  ।

Comment