नेपाल समुह विजेता

nepali ladies football team
तेस्रो महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपाल समूह विजेता बन्दै प्रतियोगितामा तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।
इस्लामाबादस्थित जिन्ना रङ्गशालामा भएको समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ३­० गोल अन्तरले पराजित गर्दै समूह बी को विजेताको रुपमा तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि सन् २०१० मा बंगलादेशमा भएको पहिलो साफ च्याम्पियनसिप तथा सन् २०१२ श्रीलङ्कामा भएको दोस्रो साफ च्याम्पियनसिपमा पनि नेपाल फाइनलसम्म पुगेको थियो ।    नेपालको जितमा निरु थापाले एक गोल गरिन भने अनु लामाले दुई गोल गरिन निरुले खेलको १६ औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन । अनु लामाले प्रहार गरेको रिबाउन्ड बललाई निरुले सदुपयोग गर्दै गोल गर्न सफल भइन ।
प्रतियोगिताको पहिलो हाफसम्म एक शुन्यले अगाडी रहको नेपाल दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ५४ औँ मिनेटमा कप्तान लामाले पेनाल्टीमार्फत एक गोल गरिन । ।    त्यस्तै खेलको ८५ औँ मिनेटमा यसोधा लामाको क्रस पासमा कप्तान लामाले पुन एक गोल थपिन । जारी प्रतियोगितामा उनले पाँच गोल गरेकी छिन भने अन्तराष्ट्रिय गोल संख्या उनको ३३ पुगेको छ ।
खेलपछि नेपालका मुख्य प्रक्षिक कुमार कटृवालले धेरै खेलाडीको  इन्जुरीका बाबजुद  उत्कृष्ट खेल प्रर्दशन गरेको प्रतिक्रिया दिए । उनले आजको खेलमा सोचेअनुरुपको नतिजा आएको बताउर्दै सेमिफाइनल उत्कृष्ट खेल प्रर्दशन गर्दै प्रतियोगितामा उपाधिसाथ नेपाल फर्कने आशा ब्यक्त गरे । त्यस्तै कप्तान अनले आफनो टिमको मेहनतले नै प्रतियोगितामा जित हासिल गर्न सहज भएको बताइन् ।

Comment