मल्पी ‘ए’ लाई उपाधि

malpie
डिफेडिङ च्याम्पियन मल्पी ‘ए’ ले छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा भएको फाइनलमा मल्पी ‘ए’ ले जेभियर इन्टरनेसनललाई १४–९ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमबाट सौगात बानियाँ (कप्तान), वाङगेल गुरुङ, अमिन तामाङ र निमा टासी शेर्पाले प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकको जिम्मेवारी रोविन खत्री (मेट्रो) ले सम्हालेका थिए ।
त्यसअघि बुधबारै भएको सेमिफाइनलमा जेभियरले मल्पी ‘बी’ लाई १६–१३ र मल्पी ‘ए’ ले युलेन्सलाई १४–१३ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । मल्पी ‘ए’ का सौगता बानियाँ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
विजेतालाई ट्रिनिटीका प्रिन्सिपल निर्मल अधिकारी, ए लेभल निर्देशक अजित लामा, म्यानेजमेन्ट एन्ड ह्युमेनेटिजका निर्देशक दिनेश कट्टेल तथा जेनरल एडमिनिस्ट्रेसन डाइरेक्टर अम्बिर थापाले पुरस्कृत गरे । दुईदिने प्रतियोगतामा ८  टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment