ह्यान्डबल महिला टोली छनोट

handball1
नेपाल ह्यान्डबल संघले भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी महिला टोलीको नामवली मंगलबार सार्वजनिक गरेको छ ।मंसिर २६ देखि २७ गतेसम्म भएको छनोट प्रतियोगताबाट १४ सदस्यीय महिला टोलीको छनोट गरिएको ह्यान्डबल संघका महासचिव सन्देश रेग्मीले जनाएका छन् ।
छनोट भएका खेलाडीहरुमा एपीएफ क्लबका अंकिता चौधरी र बन्दना राई, नेपाली सेनाका विष्ण बोगटी र देवकुमारी बाँस्कोटा, उदयपुरका जिना राई, कविता राई र निशा राई, एपीएफका पेमा शेर्पा र प्रभा थापा, उदयपुरकी रञ्जना राई, सेनाकी रामकुमारी चौधरी, एपीएफकी साधाना बम, सेनाकी शान्तिकला राई तथा एपीएफकी उमा राई रहेका छन् ।

Comment