दिनेशद्वारा कीर्तिमान सुधार

dinesh shrestha1
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित भारोत्तोलन प्रतियोगतामा नेपाली सेनाका दिनेश श्रेष्ठले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष ९४ केजीमा दिनेशले स्न्याचमा १ सय १६ केजी भार वहन गर्दै आफैले थाइल्यान्डमा गत सेप्टेम्बरमा भएको एसियाली च्याम्पियनसिपमा बनाएको १ सय १५ केजीको कीर्तिमानमा सुधार गरे । उक्त तौलसमूहमा दिनेश पहिलो हुँदै सागका लागि पनि छनोट भए ।
मंगलबारै सागमा सहभागी हुने अन्य ७ पुरुष खेलाडीको पनि टुंगो लागेको छ । ५६ केजीमा बाँकेका प्रकाश केसी, ६२ केजीमा नेपाल प्रहरीका विक्रम थापा, ६९ केजीमा प्रहरीका अनिल मल्ल, ७७ केजीमा आर्मीका सुरेन्द्र श्रेष्ठ, ८५ केजीमा आर्मीका भैरवसिंह थापा, १०५ केजीमुनि आर्मीका गगनसिंह ओली तथा १०५ केजीमाथि आर्मीका पुकार गुरुङ छनोट भए । महिलाको नामवली बुधबार सार्वजनिक गर्ने आयोजक नेपाल भारोत्तोलन संघले जनाएको छ ।

Comment