फेन्सिङ्गको प्रशिक्षक प्रशिक्षण शुरु

fending1
१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै नेपालमा फेन्सिङ्गको पहिलो पटक प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबारबाट शुरु भएको छ । एशियाली फेन्सिङ महासंघले छनौट गरी विशेष प्रशिक्षण दिनका लागी नेपाल पठाइएका भेनिरान्दो गार्सियाले लगनखेलस्थित प्रशिक्षण केन्द्रमा नेपाली प्रशिक्षकहरुलाई सात दिन विशेष प्रशिक्षण दिने छन् ।
नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानाले प्रशिक्षक भेनिरान्दो गार्सियालाई स्वागत गरेका थिए । सो प्रशिक्षणमा आर्मी, सशस्त्र प्रहरी, पोखरा, नवलपारी, सिन्धुपाल्चोक, ललितपुर, शिवपुरी स्कुल, गान्धी स्कुल र धापासी स्कुलका गरि १७ जना प्रशिक्षकको उपस्थिती रहेको नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।
‘यो प्रशिक्षण कार्यक्रमले नेपालमा फेन्सिङ खेलमा महत्वपुर्ण उपलब्धी हुने पक्का पक्की छ । विगत पाच बर्ष यता हाम्रो संघले यस खेलको विकासका लागी गतिविधिहरु गर्दै आइरहेको छ ।’ फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठले भने ।’ हाल १२ जिल्लामा संघको जिल्ला विस्तार भएको छ ।
‘सेनाले फेन्सिङ खेलमा देखाएको चासो पनि हाम्रा लागी प्रेरणाको श्रोत हो ।’ श्रेष्ठले भने । उनले  सरकारले जग्गा उपलब्ध गराइदिएको खन्डमा  सुविधासम्पन्न कभर्ड हल निर्माण गर्न संघले पहल गरिरहेको समेत दावी गरे । नेपाल फेन्सिङ्ग संघका महासचिव सुजनलाल श्रेष्ठले दक्षिण एसियामा नेपालको फेन्सिङ्ग खेल राम्रो रहेकोले सागमा पदक ल्याउने सम्भावना रहेको दावी गरे ।

Comment