मल्पी सेमिफाइनलमा

basketball1
डिफेन्डिङ च्याम्पियन मल्पी ‘ए’ छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।   डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा मल्पीले जेभियर इन्टरनेसनललाई १४–१२, लिङ्कनलाई १५–८ तथा ट्रिनिटी ‘ए’ लाई १५–१० ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । जेभियर पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।
त्यस्तै समूह ‘बी’ बाट मल्पीको ‘बी’ टिम विजेता र युलेन्स उपविजेता बन्दै सेमिफाइनलमा पुगे । सेमिफाइनल र फाइनल प्रतियोगताको अन्तिम दिन बुधबार हुनेछ ।

 

Comment