ललीतपुरको खेलाडी सम्मान

Manoj Shiama
14 December, 2015 11:58 am

lalitpur1eललितपुर जिल्ला खेलकुद विकास समिति र  हाप्की डो संघले मंसिर १६ देखि २० सम्म भारतको दिल्लीमा भएको अन्तर्राष्ट्रिय मार्सल अार्ट हाप्कि डो विधामा सहभागी भई नेपालका लागि पदक प्राप्त गरेका तीन जना  खेलाडीहरुलाई अाईतबार  ललितपुरमा एक समारोह बीच विशेष कार्यक्रम गरि सम्मान गरेका छन्।
उक्त खेलमा एनिप महर्जनले संवरण,विक्रम अोखेडाले रजत र त्रिलोक सिंहले कास्य हात पारेका थिए।
ललितपुर जिल्ला खेलकुद विकास समितिका श्याम मप्रसाद बजगाईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मार्सल अार्ट खेलका अध्यक्ष निरन खड्का,जिखेविस ललितपुरका सचिव सुजन खतिवडा , सदश्यहरु राजमान महर्जन, सानुकाजी महर्जन लगायतले सम्मान गरेका थिए।