रोलबल टोलीको भारत जाने

rollballeतेश्रो रोलबल विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाल टोली सोमबार भारतको पुणे प्रस्थान गर्ने भएको छ । डिसेम्बर १५ देखि २० तारिखसम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोली सहभागी हुँदैछ ।
पुरुष खेलाडीहरुमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य (उपकप्तान), आशय विसी, सौगात श्रेष्ठ, अभिषेक मानन्धर र विशाल सापकोटा रहेका छन् । महिलामा सुमी श्रेष्ठ (कप्तान), आकृति अधिकारी (उपकप्तान), सोनु तुलाचन, सरु अमात्य, मनीषा थापा र आस्मा रायमाझी छन् ।   टिम व्यवस्थापकमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन र प्रशिक्षकमा अर्पण पुरी छन् । प्रतियोगितामा नेपालसहित विभिन्न ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष महर्जनले जनाएका छन् । केन्यामा भएको विश्व च्याम्पियनसिपको दोश्रो संस्करणमा नेपाली महिला टोलीले तेश्रो स्थान हात पारेको थियो ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य वीरेन्द्र श्रेष्ठले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।

Comment