भारोत्तोलन सोमबारदेखि

weightlifting
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट धमाधम भइरहेको बेला नेपाल भारोत्तोलन संघले पनि सोमबारदेखि छनोट प्रतियोगिता आयोजना गर्दैछ ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहमा पहिलो हुने खेलाडी सागलाई छानिने भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तले जनाएका छन् । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

Comment