प्लाटिनम फिट्नेस सञ्चालनमा

platiniune
ललितपुरको एकान्तकुनामा प्लाटिनम फिट्नेस प्रा.लि. शनिबारदेखि सञ्चालनमा आएको छ । दक्षिण एसियाली खेलकुदका तीन स्वर्ण विजेता सचित प्रधान र अनिल श्रेष्ठ मिलेर फिट्नेस खोलेका हुन् ।सचित र अनिलले आफ्नै गुरुको हातबाट फिट्नेसको औपचारिक उद्घाटन गराए । तीर्थ महर्जनले फिट्नेसको रिबिन काटेर उद्घाटन गरेका थिए ।
श्रेष्ठका अनुसार हाल किक बक्सिङ, बक्सिङ, एरोबिक, जुम्मा, साल्सा डान्स, जिम, साउना, स्टिम र कार्डियोसहितको क्याफे सुविधा फिट्नेसमा उपलब्ध छ । भविष्यमा ग्राहकको चाहना र विश्व बजार अनुसारका विविध सुविधारु थप्दै लैजाने सञ्चालकले प्रतिबद्धता जनाएका छन् ।

Comment