आयोजक प्राइम र जेभियरलाई उपाधि

mvpeprime final2
आयोजक प्राइम कलेज र जेभियर इन्टरनेशनल कलेजले १३औँ प्राइम कप उच्च मावि बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नयाँबजारमा भएको पुरुषतर्फको फाइनल खेलमा आयोजक प्राइमले जेभियरलाई ४०–३२ को स्कोरले पराजित गदै उपाधि जितेका होे । पहिलो र अन्तीम क्वाटरमा पछि परेपनि दोस्रो र तेस्रो क्वाटरको मद्धतले  प्राइमले जेभियरलाई पराजित गरेको  हो  । पहिलो क्वाटर ६–७ ले पछि परेपनि प्राइमले दोस्रो १४–४  र तेस्रो क्वाटर १३–७ ले आफ्नो  पक्षमा पारेको थियो ।  चौथो क्वाटर ७–१४ ले गुमाएको थियो । प्राइमको जितमा सुरज खड्गीले सर्बाधिक १६ स्कोर गर्दा पराजित टिमका रोमन शाहीले ९ स्कोरको यो गदान  पु¥याएका थिए । प्रतियोगितामा पुरुषतर्फको मस्ट भ्यालुएबल प्लेयर विजेता टिम प्राइमका निश्चल महर्जन भए ।त्यसैगरी महिलातर्फको खेलमा जेभियरले गोल्डेनगेटलाई ३९–३४ ले हराउदै उपाधि माथि पहिलो पटक कब्जा जमायो ।  जेभियरले पहिलो ६–४ ,दोस्रो १३–६ र अन्तीम क्वाटर ११–१० ले अग्रता लिएको थियो भने ५ अकंले पराजित गोल्डेनगेटले तेस्रो क्वाटर १४–९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । विजयी टिमकी माया राईले सर्बाधिक १६ स्कोर गरिन् । उनि नै  मस्ट भ्यालुएबल प्लेयर चुनिइन् । पराजित टिम गोल्डेन गेटकी विष्णु मगरले टिमका लागि महत्वपुर्ण ८ स्कोर गरेपनि टिमलाई पराजयबाट बचाउन सकिनन् । प्रतियोगितामा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र राखेप उपाध्यक्ष एवम् एनओसिका महासचिव लामा टेन्डीशर्पालाई खेलक्षेत्रबाट गरिमामय स्थानमा पुग्न सफल भएकोमा शुभकामना सहित प्राइम कलेज प्राचार्य नरेश प्रसाद श्रेष्ठले प्रसशांपत्रबाट सम्मान गरेका थिए । समापन समारोहका प्रमुख अतिथी श्रेष्ठ,विशिष्ट अतिथी शेर्पा प्राइम कलेजका प्राचार्य श्रेष्ठ र जेभियर कलेजका सिईयो लोक बहादुर भण्डारीले विजेता खेलाडीहरुलाई पुरस्कृत गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ १८ तथा महिलातर्फ ७ कलेजको सहभागिता थियो । यस संस्करणदेखि टेबलटेनिस पनि समावेश गरीएकामा आयोजक प्राइम कलेज क्लन स्वीप गर्दै च्याम्पियन बनेको थियो ।

Comment