जिम्न्याष्टिक टोली कतार जाने

gymnistice
जिम्न्याष्टिकको कमन ट्रेनिङ क्याम्पमा सहभागी हुन २ प्रशिक्षक र १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार कतारको दोहा जाने भएका छन् ।शिविरमा बरिष्ठ प्रशिक्षकद्वय नीरु दर्शनधारी र सजनी मानन्धर तथा खेलाडी लुमिला मानन्धरले सहभागिता जनाउने छन् । शिविर डिसेम्बर १३ देखि १७ तारिखसम्म सञ्चालन हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment