मैनाली सदस्यमा मनोनित

group1e
विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो ।
राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड (ग) बमोजिम मनोनित मैनालीको कार्यकाल ४ वर्षको हुनेछ । मैनाली यसअघि पनि जीवनराम श्रेष्ठ दोश्रो पटक राखेपको सदस्य–सचिव रहँदा सदस्य थिए । राखेप सदस्य–सचिव केशवकुमार विष्टले सदस्य मैनालीलाई पत्र हस्तान्तरण गरे ।

Comment