आयोजक प्राईम र जभियर सेमिफाईनलमा

prime
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईम र जेभियर इन्टरनेश्नल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधवार पुरुषतर्फ भएको क्वाटरफाईनल खेलमा प्राईमले  एन्जलहर्टलाई  ५९–२७ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्राईमलाइ बिजयी गराउन सुरज खड्गीले सर्वाधिक १८ स्कोर गरेका थिए ।
त्यस्तै जेभियर कलेजको दुवै टिमले सेमिफाईनलमा स्थान शुरक्षित गरेका छन् । जेभियरको पुरुष टिमले गोल्डेनगेटलाई ४९–४४ ले हरादा बिपिन मर्हजनले १६ स्कोर गरेका थिए । महिलातर्फ पनि जेभियरले लिग चरणका सम्पूर्ण खेलका सफलता निकाल्दै मंगलवार नै सेमिफाईनलमा स्थान बनाएको थियो ।  बुधवार पुरुषतर्फ भएको क्वाटर फाईनल खेलमा लिभरपुले ट्रिनिटीलाइ ७६–३६, ले हराउदा सिसीआरसीले मोर्गानलाई ४०–३२ ले स्तब्ध पारेको थियो । सिसिआरसीको जितमा अनुप बस्नेतले ११ तथा लिभरपुलको जितमा सुमन्य बोगटीले २८ स्कोर गरेका थिए । फाइनल प्रवेशका लागि बिहीबार हुने सेमिफाइनल खेलमा प्राईमले लिभरपुलको तथा जेभिएरले सिसीआरसीको सामना गर्नेछन् । त्यस्तै बुधबार नै भएको गल्र्स तर्फको अन्तिम लिग खेलमा सोनम शेर्पाको १४ स्कोरको मद्दतमा नासाले एनसिसीएसलाई ४०–९ ले हरायो । त्यस्तै गोल्डेनगेटले भ्याली पब्लीकलाई ३१–२२ को स्कोरमा पराजित गर्दा रोजिना मुक्तानले सर्वाधिक १३ स्कोर गरिन् । पराजय ब्यहोरे पनि भ्यालिपब्लिकले जेभियरसग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छ भने गोल्डेन गेटले नासाको सामना गर्ने छ ।

Comment