स्नेहको ३८९ अंक

shootinge
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट प्रतियोगिताको दोश्रो दिन बुधबार रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणाले महिला १० मिटर एयर राइफलमा ३ सय ८९ अंक जोडेकी छन् । ३ सय ८९ अंक स्नेहको आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानको बराबरी प्रदर्शन हो ।नेपाल प्रहरीका फूलमाया क्याप्छाकी र अस्मिता राईले समान ३ सय ८५ अंक जोडे । ‘सिरिज सट’ का आधारमा फूलमाया अगाडि छिन् ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगताको पुरुष १०  मिटर एयर राइफलमा दाङका पवन घिमिरेले ५ सय ६९, बाँकेका सन्जोगकृष्ण श्रेष्ठले ५ सय ४१ तथा रुपन्देहीका रामु पौडेलले ५ सय ३९ अंक जोडे ।महिलाको १० मिटर एयर पेस्तोलमा प्रहरीकी सविता बस्नेतले ३ सय ६३, प्रहरीकै सीमा तुलाधरले ३ सय ६० तथा ललितपुरकी रुविना श्रेष्ठले ३ सय ५५ अंक जोडे । सो स्पर्धाको पुरुषमा नेपाल आर्मीका रामलाल गुरुङले ५ सय ३५ र यमबहादुर गुरुङले ५ सय १७ तथा काठमाडौंका प्रकाश राईले ५ सय १२ अंक जोडे ।
पुरुषमा ६ सय तथा महिलामा ४ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भइरहेको छ । अन्तिम दिन बिहीबारको प्रतिस्पर्धा सकिएसंगै सागमा सहभागी हुने समान ६–६ पुरुष÷महिला खेलाडीको टुंगो लाग्नेछ ।

Comment